ईपीएल खेल्न काठमाडौं आइपुगे शाहिद अफ्रिदी

७ असोज, काठमाडौं ।

Advertisement

विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका छन् ।

उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’

Advertisement

काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनले आफुले ईपीएलमा सुरुवाती दुई खेल मात्र खेल्ने पनि बताए। ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।

उनी सम्मिलित काठमाडौँ किंग्स-११ को कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । टिमले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्दैछ। नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top