NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ? शुक्रबार कार्तिक २१ , २०८२
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
कस्तो हुनेछ २४ घण्टाको मौसम ? शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

एसियाली खेलकूदमा नेपालका चार नयाँ खेल छनोटमा

बुधबार साउन २ , २०७५
Reading Time: 1 min read
A A
एसियाली खेलकूदमा नेपालका चार नयाँ खेल छनोटमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, साउन २

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो । एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन ।

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ ।

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै उनले भने, “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।” उनले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताए ।

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ ।

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो । त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा परेकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पारेकी थिइन् । नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो ।

नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जितेकी थिइन् । उनले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जितेकी हुन् । त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो ।

एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताए ।

यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ प्रशिक्षण विभाग प्रमुख राणाभाट भन्छन् । उनका अनुसार यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने सम्भावना प्रवल रहेको छ । तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गरे ।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले विगतमा भन्दा यसपटकको एसियन खेलमा नसोचेको नतिजा ल्याउनेमा आफू विश्वस्त भएको बताउँदै भन्छन्, “विगतका संस्करणको खेलमा भन्दा यसपटक नेपालमा धेरै पदक भित्रनेछ, त्यसको सुनिश्चित म गर्छु ।” यता करातेका प्रशिक्षक दीपक श्रेष्ठले भने अहिलेको प्रशिक्षणलाई हेर्दा विगतको वर्ष जस्तै फरक नहुने बताए । उनले प्रतियोगिता शुरु हुन एक महिना पनि बाँकी नहुँदासम्म आफ्नो टोलीलाई वैदेशिक प्रशिक्षणमा नलगेको गुनासो गरे ।

उनले भने, “यही तरिका हो भने खेलाडीले स्वर्णपदक त परै जाओस् एउटा पदकसमेत हात पार्दैनन्, जससम्म खेलाडीलाई ‘इन्टनेशनल एक्स्पोर्जर’ गरिँदैन तबसम्म खेलाडी मानसिक र प्राविधिकरुपमा सबल हुँदैनन् ।” महिला टेबलटेनिसतर्फ छनोट भएकी रविना मर्हजनले आफ्नोतर्फबाट पदक हासिल गर्न सक्दो प्रयास गर्ने बताइन् ।

उनले वैदेशिक प्रशिक्षणका लागि आइताबर भारतको नयाँ दिल्ली जाने तयारी भइरहेको जानकारी गराउँदै नेपालभन्दा अन्य एसियाली देशहरु हरेक संरचनाले बलियो भएकाले टेबलटेनिसमा पदक ल्याउने सम्भावना कम रहेको बताइन् ।

गत वैशाख २ गतेदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन् । नेपालको विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन् । त्यस्तै जापान र भारतमा जाने तयारीमा छन् ।
रासस

लोकप्रीय

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
ताजा समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
समाचार

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा
ताजा समाचार

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.