राजश्व कार्यालय विराटनगरद्वारा पाँच अर्ब २१ करोड राजश्व संकलन

विराटनगर, साउन २

Advertisement

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए ।

आव २०७३÷७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख नौ हजार बढी राजश्व संकलन गरेको थियो ।

Advertisement

आव २०७४÷७५ मा संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर रु १० करोड ७० लाख २२ हजार, ब्याजकर रु पाँच करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब २१ करोड ७८ लाख आठ हजार, अन्तःशुल्क रु दुई अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर रु १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर रु दुई करोड ७६ लाख ७८ हजार रहेको छ ।

यसैगरी मोरङमा सबै प्रकारको गरी कूल रु ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top