संयुक्त राष्ट्रसंघको महासभामा कोरोनाविरुद्ध खोपको वितरणबारे छलफल

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ। अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन्।

खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि नेताहरुले दिएका छन्।

Advertisement

धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफुहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने बक्ताहरूले दावी गरेका हुन्।

आगामी दिनमा यस बारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउन समेत उनीहरूले माग गरेका छन्।

Advertisement

महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरुले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाएका थिए।

विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top