चामल किन्न दुई दिनको यात्रा, नपाएपछि आँशु झार्दै घर फर्किन् जुनकला

७ असोज ७८, शुक्रबार

८ असोज, बाजुरा ।

बाजुराको हिमाली गाउँपालिका–२ बिच्छँयाकी जुनकला बुढा साहूसँग सयकडा पाँच रुपैयाँ ऋण काढेर चामल किन्न दुई दिन लगाएर कवाडी डिपो पुगिन् ।

विपन्न परिवारकी बालिका जुनकला महँगो ऋण काढेर चामल किन्न जाँदा पनि पाइनन् । तर, कवाडी डिपोमा एक दाना पनि चामल थिएन । दुई दिन पैदल हिँडेर चामल किन्न गएकी जुनकला चामल नपाएपछि रुँदै घर फर्किन् ।

पाँचजनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन् । आमा अशक्त छिन् । त्यसैले उनी आफैं चामल लिन टाढाको डिपोमा पुगेकी हुन् ।

‘आमा हिँड्न सक्नु हुन्न । बिरामी बुवा आउन सक्नुभएन, त्यसैले म आएँ । तर डिपोमा चामल नै रहेनछ,’ उनले आँखाभरि आँशु झार्दै भनिन् । रित्तो हात घर जानुपर्दा उनी निकै दुःखी छन् । ‘कोल्टी डिपो पुग्न त्यहाँबाट अझै एकदिन लाग्छ, उतै बास बस्नुपर्छ । अब कसरी रित्ता हात लिएर घर जानू ?’ उनले भनिन् ।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएपछि खाली हात घर फर्केकी छन् । ‘हाम्रो दुःख सरकारले हेर्दैन, पैसा छ, तर चामल किन्न पाइएन,’ उनले भनिन् । चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले बताइन् ।

समयमै खाद्यान्न ढुवानी गर्दैनन् ठेकेदार

ठेकेदारले समयमै चामल ढुवानी नगर्दा बाजुराको हिमाली गाउँपालिकामा खाद्य संकट उत्पन्न भएको छ ।

गत असोजमै ठेकेदारले हिमाली गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी गरिसक्ने ठेक्का सम्झौता गरेका थिए । तर अहिलेसम्म ल्याउन नसक्दा चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–५ का वडाध्यक्ष अम्मलाल कार्कीले बताए ।

बिच्छँयामा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । गाउँपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गर्छ ।

आर्थिक वर्ष ०७७–७८ मा मार्तडी शाखाका लागि नौ हजार एक सय चार क्विन्टल, कोल्टी शाखाका लागि आठ हजार क्विन्टल, कवाडी डिपोका लागि २२ सय क्विन्टल चामलको कोटा थियो । गत आर्थिक वर्षको सबै चामल बिक्री गरेकाले संस्थानमा ताला लगाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखा प्रमुख मेखराज ओझाले बताए ।

यो आर्थिक वर्षमा मार्तडीका लागि ६ हजार, कोल्टीका लागि सात हजार र कवाडी डिपोका लागि तीन हजार क्विन्टल स्वीकृत भएको छ । तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । दशंैमा पनि चामल आउने सम्भावना नरहेको उनको भनाइ छ

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top