कांग्रेसमा १३ जिल्लाका सक्रिय सदस्यताबारेको विवाद मिल्यो, आज सार्वजनिक हुने

८ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले १३ जिल्लाको सक्रिय सदस्यतामा देखिएको विवाद समाधान भएको बताएका छन्। उनले त्यसको सूची आज सार्वजनिक हुने जानकारी दिए।

शुक्रबार पदाधिकारी बैठकपछि बोल्दै नेता महतले हिमाली क्षेत्र र १३ जिल्लाको नगर र वडाको टुंगो दशैं अघि लगाउने र अरु जिल्लामा दशैं तिहारपछि अधिवेशन गर्ने जानकारी दिए।

Advertisement

उनले महाधिवेशन सार्नेबारे कुनै छलफल नभएको दाबी गरे। ’वडाबाट अधिवेशन भएपछि गाडी हिँड्यो, अब रोकिँदैन कतिपय जिल्लाको गाडी हिँडिसक्यो अब रोकिने भन्ने हुँदैन’ उनले भने।

तर, महाधिवेशन दुई महिनापछि सार्नेबारे छलफल भइरहेको सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले बताए। मंसिरमा प्रदेश अधिवेशन गरेर माघको मध्यतिर महाधिवेशन गर्ने गरी छलफल भइरहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top