प्रहरीसमक्ष घर्तीले भने – राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेकाे हुँ

Share this
769shares

८ असाेज, काठमाडौं ।

Advertisement

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको बताएका छन् । उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बयान दिएकाे स्राेतले जनाएकाे छ ।

शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। घर्तीले देशलाई राजा आवश्यक रहेको र आफू राजा भएको भनेर हल्ला गर्दै श्रीपेच निकाल्न खोजेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।

Advertisement

श्रीपेच भने बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। सिसा फुटाउँदा घर्तीको हात समेत काटिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top