×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमाले बैठक : प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न १० समूह निर्माण

८ आश्विन २०७८

८ असाेज, काठमाडौँ ।

नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीन वटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु गरेको छ ।

Advertisement
Advertisement

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आज सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस भएका थिए ।

बैठकले ती प्रस्ताव तथा प्रतिवेदनमा समूहगत छलफल गर्न सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

शनिबार बिहान ११ बजे बस्ने अर्को बैठकले समूहगत छलफलबाट आएको निष्कर्ष समेटेर तीन वटै प्रस्ताव पारित गर्दै बैठक समापन गर्ने एमालेले जनाएको छ ।

Advertisement

एमालेले पार्टीको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा र राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा गर्ने तय गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top