बिक्री भएन यार्सागुम्बा

दार्चुला: दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री हुन बाँकी छ ।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि स्वयं व्यापारी समेत समस्यामा छन् । ‘यार्सागुम्बा खरिद महंगोमा गरिएको छ तर अहिले मूल्य घटेको कारण पनि यार्सागुम्बा विक्रीको लागि काठमाडौं लगेका छैनौं,’ व्यापारी धनसिह जागरीले भने ‘अहिले जिल्लामै स्थानीयबाट संकलनकोे काम भइरहेको छ ।’

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार ९ लाखदेखि २० लाख रुपैयाँ मूल्य पुगेको छ । व्यापारीहरुले यार्सागुम्बा ग्रेडको आधारमा विक्री गर्ने गर्छन् । राम्रो मूल्यको प्रतिक्षामा रहेका व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । अहिले व्यापारीले दार्चुला र भारतको धारचुला लगायतका क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलंगामा महिनौदेखि बसेका छन् ।

भारतबाट व्यापारीहरुले लुकाइछिपाई नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण आफ आफूहरुले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार शुक्रबारसम्म दार्चुलाबाट २७९ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका अनुसार ८ क्वीन्टल बढि यार्सागुम्बाको निकासी दिनेछ ।

यार्सागुम्बा निकासीबाफत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुसम्बा निकासीबाफत ८३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top