कोरोनापछि खुलेका होटलका चाडपर्व लक्षित योजना

९ असाेज, काठमाडौँ।

शरद ऋतुको मनोरम मौसम तथा चाडपर्वमा पारिवारिक जमघटका साथ मनोरञ्जन लिने चाहना कसलाई पो नहोला र ? यदि तपाईं पनि यस्तो योजनामा हुनुहुन्छ भने त्यसका लागि तयारी गर्दा हुन्छ। नेपालमा दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गरेकाले राजधानीका होटलले पनि यस्ता प्याकेज ल्याएका छन् ।

ad
कोरोना महामारीका कारण बन्द भएका होटल भर्खरै जस्तो खुल्न लागेकाले पारिवारिक जमघटका साथै अन्य विभिन्न प्याकेज ती होटलले घोषणा गरिरहेका छन्। साथै नेपालका ठूला चाडपर्व नजिकएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उनीहरु विभिन्न आकर्षक कार्यक्रम दिएका छन् ।

यसबाट नेपालमा कोरोना महामारीबाट थला परेको पर्यटनलाई थोरै मात्र भए पनि उकास्न सहयोग पुग्ने यस क्षेत्रको तर्क छ। यस्तै, एउटा होटल हो रमादा इनकोर। यस होटलले नजिकिएको दसैँ तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै विशेष पारिवारिक योजना ल्याएको छ ।

अमेरिकी ब्राण्डको ठमेलस्थित चेन होटल रमादा इन्कोर बाइ विन्धम काठमाडौँले दसैँ तिहारको छुट्टीको अवसर सदुपयोग गर्ने पारिवारिक वातावरण बनाइएको र त्यस्तै कार्यक्रमहरु ल्याइएको बताएको छ। होटलको योजनाअनुसार व्यक्तिगत तथा दम्पतीहरुका लागि विशेष सुविधासहितका प्योकजहरु ल्याएको जनाएको छ ।

होटलका आगन्तुकले रुफ–टप इन्फिनिटी स्विमिङ पुलको मज्जा लिनसक्ने र फिटनेस सेन्टरको मज्जा लिन पनि सक्नेछन्। विदेशी तथा आन्तरिक पर्यटकका लागि सो होटलले छुट्टाछट्टै कार्यक्रम ल्याएको जनाएको छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको होटलका महाप्रबन्धक महेश फुयाँलले बताए ।

शुक्रबारदेखि सुरु भएको यो प्याकेज मङ्सिर १४ गतेसम्म उपलब्ध हुने उनले बताए। कोभिड–१९ महामारीको जोखिम कम भएसँगै नेपालमा विस्तारै पर्यटकीय गतिविधि पनि चलायमान हुने वातावरण बनेको। सरकारले नेपाल आउने विदेशी पर्यटकलाई सर्तसहित ‘अनअराइभल भिसा’ खुला गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशी नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै पर्यटक आगमनलाई सहज बनाएको हो ।

यो व्यवस्थाले पर्यटक आगमन सहज हुनेछ। शरद ऋतुमा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउछन्। यो वर्ष आगामी नोभेम्बर महिनमा गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को विश्वसम्मेलन तथा अधिवेशन हुँदैछ। विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिनेगरी नेपालमा चेन होटल धमाधम खुलिरहेका छन्। निर्माणाधीन चेन होटल शेराटन, हिल्टनलगायतले पनि छिट्टै सेवा सुरु गर्नेगरी काम अघि बढाएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। रमादा होटलले रु छ हजारमा यस्तो प्याकेज दिइएको जनाएको छ । यसअन्तर्गत विविध सुविधा उपलब्ध गराइएको छ। करिब रु साढे दुई अर्ब लगानी रहेको उक्त होटल चार रोपनी क्षेत्रफलमा छ ।

नेपालमा डालिया इन्भेस्टमेन्ट ग्रुपले सो होटल हालै सञ्चालनमा ल्याएको हो। यसअघि माल्दिभ्स, मोरक्को, दुबई, दक्षिण अफ्रिकासम्मको १८ वर्ष अन्तर्राष्ट्रिय अनुभव बोकेका एक्जुकेटिभ सेफ नारायण रानाले आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय अनुभव संगालेर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ खानाको स्वाद पस्किने गरेका छन्। यस डालिया इन्भेस्टमेन्ट ग्रुपले पोखरामामा डालिया बुटिक होटल पनि सञ्चालन गरिरहेको छ । रासस

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top