मन्दिरका घण्टीसहित दुई जना पक्राउ

८ असोज ७८, शनिबार

९ असाेज, महेन्द्रनगर ।

महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो ।

गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो। प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन्। प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए ।

व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top