हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री

८ असोज ७८, शनिबार

९ असाेज, काठमाडौं।

हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् ।

दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्त्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यसनिमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै उनले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड–१९ को महामारीले अतिरिक्त चुनौती थपिएको बताए ।

“यस्ता जटिल परिस्थितिको सामाना गर्दै हामीले स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनुपर्छ”, प्रधानमन्त्री देउवाले भने । अपार जलस्रोत र अन्य नवीकरणीय ऊर्जाको उपयोग गर्दै जलवायु परिवर्तन प्रतिरोधी विकासको पथमा अग्रसर हुने तथा वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता उनले व्यक्त गरे । जलवायु परिवर्तनका असरविरुद्ध लड्न, गरिबी घटाउन, लैङ्गिक समानता कायम गर्न, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जाले उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री देउवाले बताए ।

उच्चस्तरीय संवादलाई धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद तथा राष्ट्रसङ्घका उच्च अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको नियोगले जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top