×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

विराटनगरमा आकाशे पुल किन बनेनन् ?

९ आश्विन २०७८

९ असाेज, विराटनगर ।
विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । त्यसयता आकाशे पुलको डिजाईन गरि ठेक्का समेत लगाइएपनि हालसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैन । पुल बनाउने ठाँउको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

Advertisement
Advertisement

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिबृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ ।

महानगरले तीनवटै पुलकालागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामाग्रि र प्राबिधिक भारतबाट झिकाई सकेपनि बनाउने ठाँउको सुनिश्चिता हुन नसक्दा निर्माणले पुर्णता पाउन नसकेको बताएको छ । यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिएपनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्र्डसले सो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरेपनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादवले बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने महानगरको विकाससँग जोडिएको बिषयबस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए । देखिएका विवादहरुलाई समाधान गरेर चाँडै निर्माणलाई पुर्णता दिने उनको भनाई छ ।

महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याएपनि सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरिएको र स्थानियलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । यसको समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायविच समन्वय हुन जरुरी देखिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top