एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, भोलि अध्यक्ष ओलीले जवाफ दिने

९ असाेज, काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अझै लम्बिने देखिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा दुई दिनदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल भएको छ ।

बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएकाे प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

Advertisement

आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको भट्टराईले बताए। भोलि ११ बजे बस्ने बैठकमा अध्यक्ष ओली लगायतले जवाफ दिने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top