यो वर्ष औसतभन्दा बढी वर्षा, मनसुन अझै केही दिन रहने

१० असोज ७८, आइतबार
Share this
671shares

१० असोज, काठमाडौं ।

Advertisement

यो वर्ष विगतको तुलनामा धेरे पानी परेको छ, मनसुन सुरु भएयता देशभर गत वर्षभन्दा १३ प्रतिशत धेर पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ।

मनसुनी औसतको प्रणाली बाहिरिन अझै सात दिन बाँकी रहँदै औसतभन्दा बढी पानी परेको शाखाले भनाइ छ।यस वर्ष सबैभन्दा धेरै पानी जोमसोममा परेको छ भने ताप्लेजुङमा औसतभन्दा कम पानी परेको शाखाको तथ्यांक छ।

Advertisement

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको विभागको भनाइ छ।

भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली बाहिरिन अझै केही दिन लाग्ने जनाइएको छ। भारी वर्षा हुने सम्भावना भने छैन।

Advertisement

जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली बाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको महाशाखाले जनाएको छ।

यसअघि सेक्टेम्वर २३ मा मनसुन बाहिरीने समय मान्दै आए पनि यस वर्षदेखि नौ दिन पछि धकेलेर अक्टोवर २ मा मात्र मनसुनी प्रणाली बाहिरिने औसत समय तोेकेको छ।

जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ ।

विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ। यो वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top