‘गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयार’ -पौडेल

१० असोज, बुटवल ।

पूर्वअर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेलले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माण कार्य नरोक्न आग्रह गरेका छन् ।

विमानस्थल आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि लगानी गर्न एसियाली विकास बैंक (एडीबी) तयार रहेको भन्दै उनले निर्माण कार्य नरोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योग व्यापार संगठन रुपन्देहीको १४औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको भैरहवामा उदघाटन गर्दै नेता पौडेलले दोस्रो चरणको निर्माणका लागि थप ७ अर्ब रुपैयाँँ लाग्ने र यसका लागि एडीबीसँग छलफल भैसकेको पनि बताए ।

थप लगानी गर्न एडीबी तयार रहे पनि सम्झौता प्रक्रिया अघि बढाउन भने अहिलेको सरकारले नसकेको भन्दै उनले सरकारले विमानस्थल निर्माणको अन्तिम चरणको कामलाई पछाडि धकेल्न खोजेको आरोप लगाए ।

‘विमानस्थल निर्माणमा कुनै पनि खालको र कुनै पनि ढंगबाट बिलम्ब गरिनु हुँदैन,’ पौडेलले भने, ‘दोस्रो चरणको काम सुरु गर्नका लागि हामीले पहलकदमी जारी राख्ने छौं ।’ उनले पहिलो फेजको निर्माण सम्पन्न भएसँगै दोस्रो फेजका निर्माण कार्यको पनि थालनी गरिने दाबी गरे ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै सुविधासम्पन्न र अत्याधुनिक विमानस्थलमध्येमा समावेश हुन सक्ने गरी निर्माण गर्न चाहन्छौं,’ पौडेलले भने, ‘विश्वको जस्तोसुकै विमान पनि यस विमानस्थलमा उडान र अवतरण सक्ने खालको निर्माण गर्ने छौं ।’

उनले वर्तमान सरकारबाट ठूलो आशा गर्न नसकिने पनि बताए । पौडेलले चारतिर मुख फर्काएका दलको गठबन्धनको सरकारले जनता र देशको विकासका लागि काम गर्न नसक्ने दावी गरे । सरकार कतिपय राष्ट्रिय मुद्दामा अनिर्णयको अवस्थामा रहेको उनले बताए ।

प्रतिनिधिसभाको निरन्तरताबाट मुलुकले कुनै गति लिन नसक्ने भएका कारण ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ । ‘१२–१४ महिनापछि मुलुक निर्वाचनमा जान्छ, त्यसपछि स्थिर, बलियो र अग्रगामी सरकार बनाउनुपर्छ,’ उनले भने ।

विकासका आयोजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न निगरानी गर्न आवश्यक रहेको उनको भनाइ छ । सभामुख अग्नीप्रसाद सापकोटा साझा नभइ एउटा दल विशेषको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभएको नेता पौडेलले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top