×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश २ का मुख्यमन्त्री राउतलाई तालिवानको संज्ञा दिँदै प्रदर्शन

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो ।

Advertisement
Advertisement

प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।

वीरगन्जको माइस्थान मन्दिर अगाडिबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाए ।

‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दुत भएर आइएसआईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दै आएका छन्,’ उनले मुख्यमन्त्रि रावतलाई प्रश्न गरे ‘नेपालमा सामुदायिक विद्यालय छन्, विद्यालयहरुमा जात सोधेर शिक्षा प्रदान गरिदैँन, शिक्षामा कुनै प्रकारको विभेद छैन तर पनि मदरसा शिक्षा विद्येयक ल्याउनुको अर्थ के हो ?’

नेपाललाई इस्लामिकरणतर्फ धकेल्ने योजनाअनुरुप यो विद्येयक ल्याइएको उनको ठम्याइ छ। तत्काल यो विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्रीविरुद्ध आन्दोलनको आँधीबेहेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए ।

Advertisement

‘मुख्यमन्त्रीले इस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरसा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन् तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरिएको छ,’ अध्यक्ष यादवले भनेका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top