×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ ।

Advertisement
Advertisement

देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

उनले भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ । ती मध्ये केही जिल्लामा यही ११ गते र १६ गते अधिवेशन हुन्छ ।’ अधिवेशन भएका स्थानीय तहको परिणाम केन्द्रमा आइनसकेको उनले जानकारी दिए ।

केही स्थानीय तहमा सर्वसम्मत भएको र केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा भएको उनले जानकारी दिए ।

सोमबार मतिपारिणाम आएको एकमात्र महानगरपालिका पोखराको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीलाई पराजित गरेका छन् । विजुक्छे वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

स्थानीय तहको मतपरिणाममा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच प्रतिस्पर्धा भएको छ । मतपरिणाम मिश्रित आएको छ । तर, परम्परागत रुपमा पौडेल पक्ष बलियो रहेको कर्णालीको दैलेख जिल्लामा देउवा समूह हावी देखिएको छ ।

सोमबार बिहानसम्म जिल्लाका ११ मध्ये ५ स्थानीय तहको परिणाम आउँदा पाँचैमा देउवा समूहका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।

उता सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।

सभापति देउवा इतर समूहले बहिस्कार गरेको स्थानीय तहको अधिवेशनमा देउवा निकट उम्मेदवारहरु नै विजयी भएका छन् । जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् ।

अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् ।
यस्तै रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अन्य स्थानीय तहमा निर्वाचन भएको छ ।

बुटवल उपमहानगरपालिकामा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । उनले देउवा पक्षीय उम्मेदवारलाई पराजित गरेका छन् ।

यस्तै देवदह नगरपालिकामा पौडल पक्षका गनाखर भुर्तेल सभापतिमा विजयी भएका छन् । अन्य स्थानीय तहमा भने देउवा निकट उम्मेदवार विजयी भएका छन् ।

Advertisement

विभिन्न जिल्लामा अहिले पनि मतगणना जारी रहेकाले मपरिणाम आउनेक्रम जारी छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top