×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ।

Advertisement
Advertisement

यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ।

बाढीपहिराले पदमार्गमा क्षति पु¥याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पु¥याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए।

प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासङ्घलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ। अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पु¥याएको पाइएको उनले बताए।

‘पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ । अब पर्यटक भित्र्याउन हामी तयार छौँ,’ उनले भने, ‘जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो।’

पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मि० जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए। उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुलादिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ।

जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका व्यवसायी डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन्। पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउनेक्रम सुरु भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए।

‘अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ। दुई वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ,’ अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने।

पदमार्गअन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भिर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए।

‘भ्राताङ भिरमा पैदल हिँड्न मुस्किल छैन । सवारीसाधन चलाउन सकिएको छैन । तर, माथिल्लो मनाङको सडकमा खासै समस्या छैन। अब हामी पर्यटक भित्र्याउन सक्नेछौँ र तयारी पनि गरिरहेका छौँ,’ उनले भने।

तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ। खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ।

Advertisement

माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ। बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादसैँसम्म सञ्चालन गर्ने तयारीमा छ। रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top