सत्तामा हुँदा असाधारण काम गरेका छौं : केपी ओली

१० असोज, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमा हुँदा असाधारण काम गरेको बताएका छन्।

केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिँदै आइतबार उनले सरकारमा हुँदा गरेका कामहरुको सूची प्रस्तुत गरेका छन्।

Advertisement

’सत्ता पक्षमा हामीले असाधारण काम गरेका छौं। असाधारण उपलब्धि प्राप्त गरेका छौं। भिजन दिएका छौं,’ उनले भने।

ओलीले पार्टीसँग भिजन छैन भनेर नभन्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरे। ’हामीसँग भिजन छैन नभनौं। हामीसँग भिजन छ। पहिलोपल्ट विकाससम्बन्धी व्यापक चर्चा गरिने हामीले नै बनायौं। हामीसँग राष्ट्रियता तथा लोकतन्त्रसँग सम्बन्धित व्यवस्थित भिजन छ,’ उनले भने।

Advertisement

उनले प्रतिवेदन भन्नासाथ विगतमा गरेका कामहरुको रिपोर्ट मात्रै बुझिने भए पनि राजनीतिक प्रतिवेदनमा कहिलेकाहीँ भविष्यको लागि विचार र गन्तव्य निर्दिष्ट हुनुपर्ने बताए। उनले अहिले महाधिवेशनबाहेक अरु कुरातिर ध्यान दिन नसकिने अवस्था रहेको बताए।

’महाधिवेशनलाई अहिले पार्टीको विचारको थलो, हाम्रो विचारलाई कसरी व्यवस्थित र धारिलो बनाउने कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top