गृहजिल्लामा रामचन्द्र पौडेल कमजोर

१० असोज, तनहुँ ।

गाउँ तथा नगर अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गृहजिल्ला तनहुँमा कमजोर देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न भएको थियो ।

दुईमा सर्वसम्मत र ६ स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको थियो । दुई स्थानीय तहमा भने अधिवेशन स्थगित भएको छ ।

१४औँ महाधिवेशनमा सभापति उठ्ने बताइरहेका वरिष्ठ नेता पौडेल निकटले आठमध्ये दुई स्थानीय तहमा मात्र सभापति जितेका छन् । पौडेलको गृहजिल्लामा संस्थापन शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

देउवानिकट शंकर भण्डारीलगायतका नेता निकटले चार स्थानीय तहमा सभापति जितेका छन् । रामचन्द्र र प्रदिप पौडेलनिकटले दुई÷दुई स्थानीय तहमा सभापति जितेका हुन् ।

रामचन्द्रको आफ्नै गृहनगर व्यास र भानु नगरपालिकामा उनी निकटले सभापति जितेका छन् । व्यासको सभापतिमा सूर्यचन्द्र हड्खले र भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।

संस्थापन पक्षले देवघाट गाउँपालिका, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा जित हात पारेको हो । देवघाटमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भए । बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनीमा विष्णु पन्थ मतदानमार्फत निर्वाचित भएका छन् ।

प्रदिप निकटले शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा सभापति जितेका छन् । शुक्लागण्डकीमा सुरुमा संस्थापन पक्षसँगै, पौडेल र जोशीका उम्मेदवार मिलेर ७९ वर्षीय गोपीबहादुर गुरुङको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको थियो ।

गृहनगरमा वाइपास भएका प्रदिप निकटले पनि गोपीबहादुरलाई नै समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिएका थिए । गोपीबहादुर सर्वसम्मत भए ।

चुनावी मैदानमा उत्रिएको प्रदिपको प्यानलले एकछत्र जित हासिल गर्न सफल भयो । दुवै समूहले आफ्नो दाबी गरेका निर्विरोध सभापति बनेका गोपीबहादुर पनि पछिल्लो समय प्रदिप निकट रहेको बुझिएको छ ।

उनी पहिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको गुटमा रहेका कांग्रेसी नेताहरुले बताएका छन् । पछिल्लो समय गुरुङ शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ निकट मानिन्छन् । र पहिले रामचन्द्र पक्षका भनिने किसान अहिले प्रदिपको पक्षका हुन् ।

घिरिङ गाउँपालिकामा पनि प्रदिप निकटका यम थापा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन हुन बाँकी भिमाद र ऋषिङमा रामचन्द्र र संस्थापन पक्षका अवस्थामा समान देखिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top