धनकुमारले खोलिदिए टेलिकमको आँखा

९ असोज ७८, आइतबार

१० असोज, काठमाडौं ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रूखमा डेरा बनाएर अनलाइन कक्षा लिएको खबर भाइरल भएको थियो ।

छात्रको पढाइप्रतिको लगाव देखेर नेपाल टेलिकमको ध्यानाकर्षण भएको छ । छात्रको गाउँ सिम्लेमा सहजै नेट कनेक्ट हुने गरी नेपाल टेलिकमले यसै सातादेखि फोरजी टावर सञ्चालनमा ल्याउने भएको छ ।

धनकुमार स्थानी सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छन् । घरमा मोबाइल डाटाले काम नगरेपछि उनले घरनजिकैको अग्लो रूखमा डेरा बनाएर अनलाइन कक्षा लिएको तस्बिर र समाचार प्रकाशन भएको थियो

। यो समाचारपछि नेपाल टेलिकम ओखलढुंगाले अर्खौलेको कभरेज क्षेत्रमा नेपाल टेलिकमको सेवामा सुधार तथा फोरजी सेवा सञ्चालनका लागि अग्रसरता देखाएको हो ।

धनकुमार जस्तै रूखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुनुपर्ने विद्यार्थीको बाध्यतालाई मध्यनजर गर्दै तत्काल सिम्लेसहित आसपासका गाउँ कभर गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित फोरजी टावर अनएयर गर्ने तयारी भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।

‘बुईपामा टावर बनिसकेको छ । धनकुमारको गाउँमा बुईपाको टावरले काम गर्छ,’ पन्थीले भने, ‘बाँकी केही उपकरण जडान गरेर शुक्रबारदेखि बुईपाको टावर अनएयर गर्ने तयारी गरेका छौँ ।’

सरस्वती मावि अर्खौलेमा पुगेका नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थी र नेपाल टेलिकम दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाकीले छात्र मगरको बसोबास रहेको क्षेत्रमा कभर गर्ने टावर सञ्चालनका लागि बुईपाको टावर तत्काल अनएयर गर्ने आश्वसन दिएको प्रअ नवीन चाम्लिङले बताए ।

तुवाचुङमा पनि टावर राख्ने तयारी

यस्तै, अनलाइन कक्षा लिन विद्यार्थीलाई सास्ती भएको समाचारपछि अर्खौलेलगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा पनि नयाँ फोरजी टावर राख्ने योजना अघि सारेको टेलिकमले जनाएको छ । नयाँ टावर राख्न जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थीले बताए ।

कोभिड–१९ महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन असम्भव भएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालेका थिए ।

यही क्रममा धनकुमारको घर एको ठाउँमा डाटाले काम नगरेपछि नजिकै रुखमा डेरा बनाएर ‘भर्चुअल कक्षा’मा सामेल भएका थिए ।

विद्यालयले गत २४ साउनदेखि अनलाइन कक्षा सुरु गरेको थियो । तर, सिम्ले आसपास मोबाइलको डाटा मुस्किलले कनेक्ट हुन्छ । कनेक्ट भए पनि जुम एप्स चलाउन सम्भव थिएन ।

कमजोर कनेक्सनकै कारण धनकुमार ८–९ दिन अनलाइन कक्षामा सहभागी हुन सकेनन् । पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रूखमा सिंग्नल भेट्टाएको बताए । सरस्वती माविमा गत २९ भदौदेखि भौतिक उपस्थितिमै पठन–पाठन सुरु भइसकेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top