दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

१० असोज, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।

विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो ।

यस्तै दुई महिनामा २२ करोड रुपैयाँको कफी र ३४ करोड रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । सरकारले हरेक वर्ष तरकारी, नेपालमै पाइने फलफूल तथा खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना र कार्यक्रम ल्याए पनि बर्सेनि अर्बाैँ रुपैयाँको हरियो तरकारी, फलफूल र खाद्यान्न आयात हुने गरेको हो ।

गएको आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो । यस्तै चामलमात्रै ५० अर्ब रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top