‘सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन, सम्हालिएर अघि बढ्छौँ’ -ओली

१० असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सम्हालिएर अघि बढ्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले केही मानिस बाहिरिँदैमा नआत्तिन अनुरोध गरेका हुन् ।

’हामीले विगतको समीक्षा गरेका छौं । सिक्ने मुख्यतः उपलब्धी र असफलताबाट हो । सफलतापूर्वक अगाडि बढेका छौं । अलिकिति धक्का खायौं, सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन,’ ओलीले भने, ’संविधान बनाएपछि सरकारबाट हटाइयौं । खासै फरक परेन । सम्हालिएर अघि बढ्यौं । बलियो भएर सरकारमा आयौं । फेरि पनि हामी सम्हालिएर अघि बढ्छौं ।’

विचार, संगठन र विगतका कामहरुले सम्हालिएर अघि सक्ने उनको भनाइ थियो । ’कसरी भोट माग्न जाने, के के ग¥यौ भन्ने स्थिति छैन । केही काम नगरेर, विध्वंश मच्चाएर काम गर्ने त जनतामा जाने भन्दै छन् ।

हामीले त काम गरेका छौं,’ उनले भने, ’जनताको इच्छा, आकांशविरुद्ध केही गरेका छैनौं । जनताको पक्षमा, समाजिक परिवर्तनको क्षेत्रमा असाधारण काम गरेका छौं ।’

यिनै कुराहरु प्रतिवेदनमा रहेको र केन्द्रीय सदस्यहरुले समर्थन गरेको भन्दै ओलीले धन्यवाद दिए ।

आफूहरुको गन्तव्य समाजवाद भएको उनले बताए । ’हामीले स्पष्ट गन्तव्य तोकेका छौं । अहिले समाजवाद उन्मुख बाटो भनेका छौं । नबुझिने खालको होइन, बुझिने खालका बहस, गन्तव्यमा छौं,’ ओलीले भने, ’हामीले भनेको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो । समाजिक समानतासहितको समृद्ध नेपाल हो । जनताको जीवनस्तरमा आएको परिवर्तनसहित समृद्ध नेपाल हो ।’

कागजी र तथ्यांकको समृद्धि एमालेको लक्ष्य नभएको उनको भनाइ थियो । ’हाम्रो एटिट्युट पुँजीपति एटिट्युट होइन । जीडीपी, प्रतिव्यक्ति आय बढ्यो भनेर समृद्धि हासिल गर्ने तर मानवीय आसु पीडा बाँकी नै हुन्छ ।

हामी सानो पनि पीडा हुनुहुँदैन भनेर अघि बढ्छौं,’ उनले भने, ’समाजको कोही वर्ग पछाडि नपरोस् । हरेकले वितरण, उपलब्धी, राष्ट्रिय मतमा आफ्नो हिस्सा हुन सकोस् भनेर सुझावहरु आएका छन् । म स्वागत गर्छु ।’

ओलीले आत्मनिर्भरतातिर अघि बढ्ने बताए । व्यापारलाई घाटाको स्थितिबाट नाफामा लैजान निर्यात बढाउनेतिर आफूहरु जाने उनको भनाइ थियो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top