नेको इन्सुरेन्स र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

नेको इन्सुरेन्स र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

विराटनगर,साउन ३
नेको इन्सुरेन्स लिमिटेले आफ्नो मूख्यप्रबर्धक एवम नेपालको एकमात्र सरकारी पूर्ण स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंकसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

नेको इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला तथा राष्ट्रिय बाणिज्य बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेको इन्सुरेन्सको प्रबर्धकमा राष्ट्रिय बाणिज्य बैंकको २०५, कृषिविकास बैंकको १.६५, महतो समूहको २२५, बिनायक समूहको १३५ शेयर स्वामित्व रहेको छ । नेकोले नियामक निकायले तोकेको पूँजीकायम गरी १ अर्ब १७ करोड चुक्तापूँजी पु¥याएको छ ।

बैंकासुरेन्स संझौता पछि नेपालभरी जम्मा २ सय भन्दा बढी शाखा रहेको राष्ट्रिय बाणिज्य बैंकका ग्राहकहरुले सहज रुपमा नेको इन्सुरेन्सबाट बीमा सेवा पाउने नेको इन्सुरेन्स विराटनगर शाखाका प्रमुख नारायण गौतमले बताए ।

करिब २४ बर्ष अघि राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रवद्र्धक रही स्थापना भएको नेको इन्सुरेन्सले बिगत २२ बर्षदेखि बीमा बजारमा अग्रणी भूमिका खेल्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.