×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

११ आश्विन २०७८

काठमाडौं : चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।

गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।

Advertisement
Advertisement

गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो ।

गत वर्षको तुलनामा भने कुल वैदेशिक व्यापारमा ८० प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा सबैभन्दा बढी ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजारको इन्धन आयात भएको छ । आइरन र स्टिल २८ अर्ब ५५ करोड ९४ लाख ८७ हजारको आयात भएको छ ।

२६ अर्बको खाने तेललगायतको आयात भएको छ । तरकारी मात्रै ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आयात दुुई महिनामा भएको छ । दुई महिनामा ३८ करोड २२ लाख रुपैयाँको सुर्ती र चुरोट आयात भएको तथ्यांक भन्सार विभागको छ ।

प्लास्टिकजन्य वस्तुमा ११ अर्ब ४० करोड ४८ लाख ७१ हजार रुपैयाँ आयात भएको छ भने १६ करोड १४ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसमा मात्रै नेपालले ११ अर्ब २४ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

Advertisement

बहुमूल्य धातुका गरगहना १७ अर्ब २७ करोड ४६ लाख ९९ हजार रुपैयाँको आयात हुँदा सवारी साधनका पार्टपुर्जा २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ । मेसिनरी तथा यान्त्रिक उपकरण २२ अर्ब ६८ करोड ७ लाख १ हजार, विद्युतीय मेसिनरी, साउन्ड रेकर्डरलगायतका सामग्रीहरू २४ अर्ब ५१ करोड २ लाख २१ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top