×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र

११ आश्विन २०७८

काठमाडौं: कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ । वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसा समेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन् ।

जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले जान पाउने हुन् भन्ने अझै अनिश्चित छ । चीन, बंगलादेश, अस्ट्रेलियामा पढ्दा पढ्दै नेपाल आएका विद्यार्थी अझै फर्कन पाएका छैनन् ।

Advertisement
Advertisement

यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेका यस्ता विद्यार्थीलाई सम्बन्धित मुलुकमा पठाउने व्यवस्था गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । विदेश जान नपाएर रोकिएका विद्यार्थीको विषयमा शिक्षा मन्त्रालयसँग समितिका सदस्यहरूले छलफल गरेका थिए । छलफलपछि समितिले कूटनीतिक पहल गरी अलपत्र विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीेले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पूरा गर्न विदेश पठाउनुपर्ने बताइन् । ‘कूटनीतिक पहल गरी रोकिएका विद्यार्थीलाई विदेश पठाउनुपर्छ,’ उनले थपिन्, ‘पठाउन नसक्ने भए यहीँ पढ्ने वातावरण मिलाउनु पर्छ, यसरी अलपत्र छाड्न हुँदैन, निकास दिनुपर्छ ।’

छात्रवृत्तिमा अध्ययनरत र अध्ययन गर्न जाने विद्यार्थी पनि सम्बन्धित मुलुकको शिक्षण संस्थामा पुग्न सकेका छैनन् । त्यहाँका शिक्षण संस्थामा भर्ना भएर महँगो शुल्कमा अनलाइन कक्षा लिइरहेका भए पनि प्रयोगात्मक कक्षामा सहभागी हुन नपाउँदा उनीहरूको शैक्षिक भविष्य नै जोखिममा परेको छ । बंगलादेश, अस्ट्रेलियालगायत मुलुकमा अध्ययनरत विद्यार्थी पनि त्यहाँ जान नपाएर रोकिएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार कोभिड सुरु भएयता (सन् २०२० देखि) जापान जान १४ हजार र अस्ट्रेलिया जान ९ हजार जनाले अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । यीमध्ये अधिकांश विद्यार्थी रोकिएका हुन् ।

जापान, अस्ट्रेलिया, कोरियालगायत मुलुकमा अध्ययन गर्न जाने नयाँ विद्यार्थी रोकिएका नेपाल शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यी मुलुकमा पढ्न जाने अनुमति र भिसा पनि पाएका १० हजार विद्यार्थी त्यता जान पाएका छैनन् । संघको जानकारीमा ४ हजार २ सय विद्यार्थी अस्ट्रेलिया र करिब ७ हजार विद्यार्थी जापान जान नपाएर रोकिएको उनले जनाए ।

‘यी विद्यार्थीले शिक्षण संस्थामा भर्ना भएर पैसा पठाइसके तर जान पाएका छैनन्,’ पाण्डेले भने, ‘अनलाइन कक्षा भनेर जान रोकिएको छ ।’ अध्ययन गर्न विदेश जाने तयारीमा रहेका विद्यार्थी–अभिभावक तनावमा रहेका राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलको भनाइ छ ।

अमेरिका, बेलायत, क्यानडालगायत मुलुकमा भने विद्यार्थी आउजाउ गरिरहेका छन् । ‘कोभिडपछि विदेश पढ्न जाने विद्यार्थी र अभिभावकमा छटपटी छ, केही देशमा विद्यार्थी छिर्नै पाएका छैनन्,’ उनले भने । आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने तथा स्वास्थ्य बिमाको व्यवस्था गरिएकाले खर्च बढेको शैक्षिक परामर्शकर्ताहरूले बताए । बेलायत, क्यानडालगायत मुलुकमा क्वारेन्टाइन खर्च मात्रै करिब दुई लाख लाग्छ ।

त्यस्तै, चीनमा मेडिकल शिक्षा अध्ययनरत सयौं नेपाली विद्यार्थीको शैक्षिक भविष्य पनि अन्योलमा छ । महामारीको कारण देखाउँदै चीनले प्रवेश रोक लगाएपछि उनीहरू नेपालमा रोकिएका हुन् । जसले गर्दा उनीहरूले इन्टर्नसिप गर्न पाएका छैनन् । चीन जान नपाएपछि उनीहरूले नेपालमै इन्टर्नसिप गर्न दिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

सन् २०१५ र २०१६ मा चीनमा एमबीबीएसलगायत विषय अध्ययन गर्न गएका विद्यार्थी कोभिड महामारीका कारण स्वदेश फर्केका थिए । उनीहरूले प्रयोगात्मक पढाइ मात्रै बाँकी रहेकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै आइतबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरे । सन् २०१५ र २०१६ मा चीन अध्ययन गर्न जान २ हजार विद्यार्थीले अनुमति पाएका शिक्षा मन्त्रालयको तथ्यांक छ । २०१४ का विद्यार्थी इन्टर्नसिप पूरा नगर्दै नेपाल फर्केपछि नेपाल मेडिकल काउन्सिलले १ सय ६५ जनालाई नेपालमा नै प्रयोगात्मक कक्षा गराउने निर्णय गरिसकेको छ । त्यसपछिका व्याचका विद्यार्थीले यही इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका हुन् ।

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले विदेशमा पढेर फर्केका तर पढाइ पूरा नगरेका विद्यार्थीका समस्याबारे अध्ययन भइरहेको बताए । यसरी फर्कनेमा अधिकांश एमबीबीएसका विद्यार्थी छन् । मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगका पदाधिकारी नेपालमा नै इन्टर्नसिप गराउनेभन्दा पनि पढाइ पूरा गर्न सम्बन्धित शिक्षण संस्था पठाउने व्यवस्था मिलाउनुपर्ने बताउँछन् । नेपालमा नै इन्टर्नसिप गराउने सुविधा दिँदा त्यस्ता विद्यार्थीको संख्या थपिँदै जाने उनीहरूको भनाइ छ ।

Advertisement

सन् २०१७ देखि २०१९ सम्म चीन पढ्न जान ३ हजार ३ सयभन्दा बढी विद्यार्थीले अनुमति लिएका छन् । कोभिड महामारी सुरु भएयता जम्मा १ सय ४३ जनाले मात्र अनुमति लिएका छन् । सन् २०१४ का विद्यार्थीलाई नेपालकै अस्पतालमा इन्टर्नसिप गराउने व्यवस्था मिलाउन लागिएको हो । त्यसयताका विद्यार्थीको इन्टर्नसिपका विषयमा विज्ञहरूको टोलीले अध्ययन गरिरहेको लम्सालले बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top