गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

११ असोज, काठमाडौं ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान ३५ वर्षका सन्तोष बाबामाथि खुकुरी प्रहार भएकाे हाे ।

सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट उनी घाइते भएकाे काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Advertisement

घटनामा संलग्नताको आशंकामा प्रहरीले  ८ जनालाई पक्राउ गरेकाे छ। पक्राउ परेकाहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

सन्तोष बाबामाथि गाँजा माग्दै  खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरी स्रोतले जनाएकाे छ । स्राेतले भन्याे, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल (गाँजा) निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top