×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने

१२ आश्विन २०७८

सौराहा : नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो ।

विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो । अभियान सफल बनाउन निकुञ्जले छोएका स्थानीय तहको समेत समन्वय र सहकार्य जरुरी रहेको क्रियसन नेपालकी परियोजना प्रमुख सुजाता कोइरालाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

“हामीले चितवन निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाउने गरी अभियान थालेका छौँ”, कोइरालाले भन्नुभयो, “निकुञ्जभित्र फालिने फोहोरले निकुञ्जका वन्यजन्तु तथा जैविक विविधतामै गम्भीर असर गर्न थालेको छ ।” अझै निकुञ्ज आसपासका क्षेत्रमा रहेका स्थानीय तहहरूले फोहोर फाल्ने डम्पिङ साइट जङ्गल तथा नदी किनारमा बनाउँदा पनि त्यसको प्रत्यक्ष असर वन्यजन्तुमा पर्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जलाई फोहोरबाट बचाउनु राम्रो काम भएको प्रतिक्रिया दिनुहुन्छ ।

“बाघ, गैँडा, हात्तीजस्ता जनावर मरेर पोस्टमार्टम गर्दा त्यसको पेटमा प्लास्टिक भेटिएका उदाहरण प्रशस्त छन् । यसका लागि पनि निकुञ्जभित्र फालिने फोहोर नियन्त्रण हुन जरुरी थियो”, उहाँले भन्नुभयो ।

निकुञ्ज घुम्न आउने पर्यटकले कुरकुरे, चाउचाउ, बिस्कुट, फ्रुटीजस्ता जङ्क फुड खाएर त्यसको प्लास्टिकका खोल जथाभावी फाल्ने गर्छन् । यस्ता खोलमा हुने नुनिलो र गुलियोको मात्राले वन्यजन्तुले यस्ता प्लास्टिक चाट्दाचाट्दै निल्ने गर्छन् । निकुञ्जका वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ यसरी प्लास्टिक खाएको जनावर अन्ततः पाचन प्रक्रियामै असर गरेर मर्ने बताउनुहुन्छ ।

“प्लास्टिक खाएर जनावर मर्ने त छँदै छ, अझै जङ्क फुडको स्वादले गर्दा जनावर मान्छेको समीपमा आउने र त्यसले वन्यजन्तु र मान्छेबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ”, डा. श्रेष्ठले गोरखापत्रसँग भन्नुभयो, “फोहोर शून्य निकुञ्ज कार्यक्रमले अब यो समस्या समाधान गर्ने अपेक्षा गर्न सकिन्छ ।”

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार केही वर्षअघि पश्चिम चितवनको मेघौलीमा दुुर्लभ वन्यजन्तु पाटेबाघ मरेको अवस्थामा भेटियो । पछि त्यसको पोस्टमार्टम गर्दा त्यसले विष खाएको कुखुरा खाएर मरेको पुष्टि भयो । बुझ्दै जाँदा नदी किनारमा यसरी मरेका कुखुरा फालिएको र त्यही कुखुरा खाँदा बाघ मरेको निष्कर्षमा निकुञ्ज प्रशासन पुग्यो । यसरी जथाभावी फालिने फोहोरले जनावरमा गम्भीर प्रभाव परेको देखेर नै निकुञ्जलाई फोहोर शून्य बनाउने अवधारणा अघि सारिएको प्रमुख बरालको भनाइ छ ।

Advertisement

अभियानको पहिलो कार्यक्रमस्वरूप बिहीबार सौराहामा क्रियसन नेपाल, चितवन राष्ट्रिय निकुञ्ज र रत्ननगर नगरपालिकाबीच विशेष सम्झौता भएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top