×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन: परराष्ट्रमन्त्री खड्का

१२ आश्विन २०७८

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।

Advertisement
Advertisement

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे।

मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए। उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए। ‘यसमा धेरै सैद्धान्तिक विषय छन्। यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे। भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ। भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्‍यो नि’, उनले भने।

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।

‘एमसिसीका कारण कुटाइ खाइएला भन्ने डरभयो। माइतीघरमण्डलमा एमसिसी पास गर्नेलाई काट्छौं भनेरनारा लाग्न थाल्यो,’ उनले भने। डा. बाबुराम भट्टराईको पालादेखि सुरु भएरशेरबहादुरदेउवा नेतृत्वको माओवादीसहितको सरकारले एमसिसी सम्झौता गरेको बताउँदै उनले थपे, ‘२०११ देखि २०२१ सम्म आइपुग्दा सबै प्रधानमन्त्री सहभागी भएका छन्’, उनले भने, ‘यो विषयमा सबैलाई थाहा छ।

यो सम्झौता गर्दा कांग्रेस एक्लै थिएन। माओवादीसँगको सहकार्यमा सरकारबनेको थियो। सम्झौताको प्रक्रिया अघि बढ्दा मन्त्रिपरिषद्मा पुगेपछि मात्र अर्थमन्त्रीले हस्ताक्षरगर्नुभएको हो। मन्त्रिपरिषद्मा माओवादीका साथीहरू पनि हुनुहुन्थ्यो। रोक्ने भए त्यहीं रोक्नुपथ्र्याे।’

निवर्तमान प्रधानमन्त्री केपी ओलीले पनि एमसिसीलाई बजेटमा राखेको रएमसिसी पास हुन्छ भने पनि सरकारबाट बाहिरआएपछि संशोधन हुनुपर्छ भनेकोमा उनले आश्चर्य व्यक्त गरे। ‘हामी कहाँ उभिएका छौं ? राष्ट्रिय नेता भइसकेको मान्छे, हामी के बोल्छौँ र त्यसप्रति हामी कति जवाफदेही छौं’, उनले भने।

परराष्ट्रमन्त्री खड्काले महासभाको साइडलाइन बैठकअन्तर्गत आइतबारभारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। भेटमा दुई विदेशमन्त्रीबीच दुई पक्षीय आपसी हितका बारेमा कुराकानी भएको थियो। भेटमा मन्त्री खड्काले भारत सरकारले आर्थिक सामाजिक क्षेत्रमा निरन्तरगरिरहेको सहयोगका लागि आभारव्यक्त गरेका थिए।

Advertisement

दुई समकक्षीबीच कोरोना भाइरसले सिर्जना गरेको चुनौती, दुई देशका नागरिकको जीवन रजीवनशैलीमा यसले पारेको असरबारे छलफल भएको थियो। उनीहरूबीच कोरोना भाइरसविरुद्धको लडाइँमा संयुक्त रूपमा काम गर्ने सहमतिसमेत भएको छ। मन्त्री खड्काले सोमबारसंयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सम्बोधन गरेका छन्।,याे समाचार नागिरक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top