×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पर्यटक स्वागत गर्न तयार छ बुद्धजन्मस्थल

१२ आश्विन २०७८

१२ असाेज, काठमाडौं ।

विश्वका पर्यटकलाई स्वागत गर्न बुद्धजन्मस्थल लुम्बिनी तयार रहेको सरोकारवालाले बताएका छन् । लुम्बिनी विकास कोषद्वारा ४२औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले लुम्बिनीमा विश्वका पर्यटकका लागि कोभिडपश्चात्को अवस्थामा पनि सुरक्षित ढङ्गले घुमाउने, बस्ने तथा खाने व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका हुन् ।

Advertisement
Advertisement

पवित्र उद्यान लुम्बिनीको केन्द्रीय नहर नजिकै रहेको शान्तिदीप परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले भने, “लुम्बिनीमा विगतमा ११५ देशका नागरिकले भ्रमण गरेको तथ्याङ्क छ, हामी संसारभरका मानिसलाई आजैका दिनमा पुनः लुम्बिनी घुम्न आउन अनुरोध गर्दछौँ ।” उपाध्यक्ष भिक्षु मेतेयाले कोभिडको सङ्क्रमण विश्वमा रोक्न तथा कोभिडको कारण मृत्यु भएकाको महापरिनिर्वाणका लागि पनि लुम्बिनीमा आएर पूजापाठ गर्नु संसारका मानिसका लागि जरुरी रहेको बताए ।

नेपाल र भारतका पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मेतेयाले लुम्बिनी विश्वको साझा थलो भएको बताउँदै यसको संवद्र्धन र प्रवद्र्धनमा सबैको सहकार्य रहेको बताए । उनले भने, “बुद्धवचनको पालना गर्दै, बुद्धले देखाएको मार्गमा हिँडेमा मात्र मानवीय जीवन सफल हुनेछ । हामी भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभरका मानिसलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भनेर प्रार्थना पनि गर्न चाहन्छौँ ।” उपाध्यक्ष मेतेयाले विश्व पर्यटन बजारको पुनरुत्थानका लागि लुम्बिनीबाट पहल थालिएको पनि बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बौद्ध दर्शन र साहित्यले नै संसारलाई सही बाटोमा हिँडाउने बताए । उनले लुम्बिनी, लुम्बिनी क्षेत्र र बुद्ध जीवनीको विषयका गहन अध्ययन अनुसन्धान गरेर समाचार, लेखहरू लेख्नसमेत पत्रकारलाई आग्रह गरे । उपकुलपति बज्राचार्यले विश्वको पर्यटनमा लुम्बिनीको महत्व उल्लेखनीय रहेको बताए । लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले लुम्बिनी क्षेत्रका होटलमा असोज १५ गतेदेखि गाइडेड प्याकेज टुर कार्यक्रम ल्याइएको बताए।

Advertisement

महासचिव शर्माले सो अवसरमा तीनदिने प्याकेज कार्यक्रम दुई हजार १९९ मा तय गरिएको समेत बताए । स्वदेशी पर्यटक लक्षित उक्त कार्यक्रममा पहिलो दिन बस स्टपबाट होटलसम्म पिकअप, होटलमा स्वागत, लुम्बिनीसम्बन्धी जानकारी, साँझ बुद्धग्राम रोबोटिक थिएटर भ्रमण र राति विश्राम कार्यक्रम रहेको छ । दोस्रो दिन मायादेवी मन्दिर अवलोकन, शान्ति दीप, आमा क्याफे बिगबेलको अवलोकन, अन्तर्राष्ट्रिय क्षेत्रको अवलोकन, नयाँ सांस्कृतिक ग्रामको अवलोकन हुने कार्यक्रम छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख डा हरिध्वज राईले लुम्बिनीको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका उल्लेखनीय हुन्छ ।”

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top