एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

११ असोज ७८, मंगलबार

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो । दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो ।

Advertisement

स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो । आयोगका सहायक प्रवक्ताको मलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top