तालिबान सरकारले अधिकार खोसेको भन्दै राष्ट्रसंघमा सयौँ महिलाद्वारा प्रदर्शन

१२ असोज ७८, मंगलबार
Share this
805shares

१२ असाेज,एजेन्सी ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए । प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि आग्रह गरेका थिए ।

Advertisement

तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ ।

अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल बाँकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छन् ।

Advertisement

शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएको जनाएको छ ।

नयाँ व्यवस्थानुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् ।

केन्द्रीय राजधानी काबुलसहितका सहरहरूमा यस्तो लगाएका महिलाहरू धेरै देखिन थालेको समाचारमा जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top