गण्डकीका नागरिकको प्रतिव्यक्ति आय एक हजार ५२ अमेरिकी डलर

११ असोज ७८, मंगलबार

१२ असोज, पोखरा ।

गण्डकी प्रदेशमा हाल १४ प्रतिशत निरपेक्ष गरिबी छ । २५ लाख जनसंख्या रहेको यहाँ दुई लाख नागरिक गरिबीको रेखामुनि छन् ।

यहाँका नागरिकको औसत आम्दानी प्रतिवर्ष एक हजार ५२ अमेरिकी डलर छ । गरिबीको रेखामुनि रहेका नागरिकलाई कम्तीमा दैनिक दुई सय रुपैयाँ आम्दानी गर्न युएनडीपीले सहयोग गर्ने बचन दिएको छ ।

सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले प्रदेश सरकारसँगको साझेदारमा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

सन् २०३० सम्म सबै नागरिकलाई गरिबीको रेखामुनिबाट उकास्नै पर्ने बाध्यता सरकारसँग छ । मानव विकास सूचकांकमा गण्डकीको अवस्था सन्तोषजनक रहे पनि खुसी हुनुपर्ने अवस्था भने छैन ।

मुख्यमन्त्री पोखरेलले युएनडिपीको भौतिक उपस्थिति गण्डकीलाई आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनुपर्छ । मैले त्यो अपेक्षा गरेको छु,’ उनले भने, ‘त्यसका लागि डिआरआरसँग अनुरोध गर्दछु । यहीँ कार्यालय बन्यो भने काम गर्न सजिलो हुन्छ ।’ युनएनडीपीले गण्डकीको पर्यटकीय विकास परियोजनामा सहयोग गर्ने जनाएको छ ।

युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास कार्यक्रम प्रभावकारी बनेको छ । यो अभ्यास अन्य जिल्लामा पनि विस्तार गर्न पोखरेलले आग्रह गरे ।

सरकारले प्रदेशमा पहिलो पटक लगानी सम्मेलन आयोजना गर्दैछ । आवासीय प्रतिनिधि लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलनले प्रदेशभित्र लगानीको ढोका खुल्ने र त्यो कार्यक्रममा युएनडीपी प्रत्यक्ष जोडिन चाहेको बताइन् । उनले मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यास गण्डकीले अनुशरण गर्न सक्ने सुझाव दिइन् ।

पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top