के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

११ असोज ७८, मंगलबार

१२ असोज, काठमाडौं ।

नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ ।

निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिरयालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए ।

उनका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ । नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिए ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उनको भनाइ छ ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उनले भने । निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गरे ।

‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’

ग्यासको खपत घट्यो
एलपी ग्यासका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि नेपालमा ग्यासको अभाव नरहेको बताए । कोभिड महामारीले खपत नै घटेकाले पनि चाडपर्वमासमेत अभाव हुने अवस्था नभएको उनको भनाइ छ ।

‘नाकाबन्दी र भूकम्पपछि ग्यासको सायदै अभाव भएको छ । हरेक वर्ष १७ प्रतिशतले खपत वृद्धि भइरहेको छ । तर कोभिड संक्रमण महामारीले झण्डै २० प्रतिशतले खपत घटेको छ ।

व्यापार नै ३५ प्रतिशतसम्म घटेको छ । त्यसकारण अभाव हुने अवस्था नै छैन,’ उनले भने । नेपालमा उपभोग्य सामग्री र भ्याक्सिनमा समस्या नभएको उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top