अध्यादेश फिर्तापछि राप्रपा अध्यक्ष थापाले भने- निर्लज्ज राजनीतिको नमूना

१२ असोज, काठमाडौं ।

Advertisement

राप्रपा अध्यक्ष कमल थापाले सरकारले अध्यादेश फिर्ता लिएपछि वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना भएको टिप्पणी गरेका छन् ।

सरकारले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रकरणमा टिप्पणी गर्दै थापाले ट्वीटरमा भनेका छन्, ‘भ्रष्ट÷निर्लज्ज राजनीतिको नमूना ।’

Advertisement

उनले थपेका छन्,’परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यही हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top