Nepal Times
Nepal Times
3
Shares

राष्ट्रसंघीय संयोजक भन्छिन्- प्रकृतिको अनुभव गर्न नेपालको यात्रा गरौँ

राष्ट्रसंघीय संयोजक भन्छिन्- प्रकृतिको अनुभव गर्न नेपालको यात्रा गरौँ

१२ असोज, काठमाडौं ।

नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक सारा वेसोलो न्यान्तीले नेपालमा दीगो, पहुँचयोग्य र समावेशी पर्यटनमा जोड दिएकी छिन् । कोभिडपछिको नेपाली पर्यटनको आधिकारिक सुरु गर्दै न्यान्तीले यस्तो जोड दिएकी हुन् ।

पर्यटन दिवसको अवसरमा पर्यटकीय नगरी पोखराको सराङकोटको हिमालय शृंखला अगाडि उभिएर उनले नेपाली पर्यटनको प्रर्बद्धन गरेकी हुन् । पर्यटनले नेपालको विकास, कूल ग्राहस्थ्य उत्पादन र उपलब्धीमा योगदान दिने उनको भनाई छ ।

उनले सार्वजनिक गरेको भिडियोमा साराङकोटबाट सूर्य उदाएको लोभलाग्दो दृश्यको बर्णन गरेकी छिन् । ‘नेपाल खुला छ । साहसिक कार्य, संस्कृति र प्रकृतिको अनुभव गर्ने भए नेपालको यात्रा गर्नुहोस ।’ एउटा टिकटक भिडियोमा उनले भनेकी छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.