×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वास्थ्य विभाग र ठेकेदारको लापरवाहीले १८ महिनासम्म पनि बनेन् खोप भण्डारण कक्ष

१२ आश्विन २०७८

१२ असोज, काठमाडौं ।

कोरोना संक्रमण तीव्र बन्दै गएपछि अत्याधुनिक खोप भण्डारण कक्ष बनाउन १८ महिना अघि स्वास्थ्य सेवा विभागले एक निजी कम्पनीसँग ठेक्का सम्झौता ग¥यो । तर, सम्झौताको १८ महिना बितिसक्दासमेत भण्डारण कक्षको जगसमेत खनिएको छैन ।

Advertisement
Advertisement

सरकार र कौशिल बस्नेत कुँवर जेभीबीच ३० फागुन २०७६ मा भण्डारण कक्ष निर्माण सम्झौता भएको थियो । जसमा दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ ।

तर, स्वास्थ्य सेवा विभाग र ठेकेदार कम्पनीको लापरवाहीका कारण भण्डारण कक्षा नबन्दा आगामी पुसमा ल्याइने भनिएको कोरोनाविरुद्धको फाइजर र मोर्डनाको खोप कहाँ भण्डारण गर्ने भन्ने समस्या भएको छ ।

यी खोपलाई ८० डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ । तर, नेपालसँग हाल यो खोप भण्डारण गर्न सक्ने स्टोर नै छैन । खोप भण्डारण गर्न भनेरै बनाउन लागिएको भवन सम्झौताको म्याद सकिन ६ महिना बाँकी छ ।

ठेकेदार कम्पनी विभागका कर्मचारीले बनाउन नदिएको दावी गर्छन् भने विभाग आफूहरूले कुनै अवरोध नगरेको बताउँछ ।

ठेकेदार कम्पनीका प्रतिनिधि विभागका कर्मचारीले कमिसन मागेको दाबी गर्छन् । तर, कुन कर्मचारीले कति कमसिन माग्दा काम रोकिएको हो भन्ने विषयमा भने उनीहरूसँग जवाफ छैन ।

विभाग भने सम्झौता अवधिभित्र काम नगरी ठेकेदार सम्झौता रद्द गर्ने प्रक्रियामा अघि बढेको दाबी गर्छ । भण्डारण कक्ष बनाउने भनिएको स्थानमा अहिले सवारी पार्किङ स्थल बनाइएको छ ।

ठेकेदार कम्पनीका अनुसार भेरिएसन स्वीकृत भएको पत्र र साइड सूचारु गर्न अनुमति नदिएकै कारण काम अड्किएको बताउँछ । तर, विभागले भने १ असार २०७७ मै ठेकेदार कम्पनीलाई यो अधिकारसहितको कार्यादेश दिइसकेको बताउँछ ।

विभागका निर्देशक रमेशकुमार खरेलले ठेकेदार कम्पनीलाई लिखित कार्यादेश दिँदै यसको जानकारी विभागका महानिर्देशकदेखि टेकु अस्पतालका स्टोरकिपर केदारनाथ उप्रेतीसम्मलाई दिइसकेको बताए । तर, ठेकेदार कम्पनी भने यो पत्रले साइड क्लियरेन्सको अधिकार नदिएको दाबी गर्छन् ।

विभाग र ठेकेदारको जुहारीका कारण एक करोडभन्दा बढी डोज खोप भण्डारण गर्न मिल्ने गरी ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का लागेको भण्डारण कक्ष अलपत्र परेको छ ।

ठेकदार कम्पनीले विभागले नगर्ने भए बजेट सहरी विकास मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेका थिए । तर, आफू पनि फायल अगाडि नबढाउने र सहरी विकास मन्त्रालयमा पनि नपठाउने रणनीतिमा लेखा अधिकृत ठाकुर छन् ।

महामारीको लागि आएको खोप भण्डारण गर्न बनाउन लागेको भवनको फायल समेत सदर नगर्ने कर्मचारीप्रति मन्त्रालय र विभागका उच्च अधिकारीले नै संरक्षण गरेको अधिकारीहरू बताउँछन् ।

ठेकदार कौशिल बस्नेत भन्छन्– घुस दिन्न बरू दुई बोरा सिमेन्ट बढी हालेर भवन बनाउँछु

महामारीको बेला आवश्यक ठानेर बनाउन लागेको खोप भण्डारण स्टोरको काम रोक्नु दुःखद पक्ष हो । यस्तो बेला पनि घुसका लागि फायल नै स्वीकृत नगर्नु आश्चर्यको विषय छ ।

मसँग प्रत्यक्षरूपमा पैसा मागिएको छैन तर, अवरोधको अवस्था हेर्दा शंकास्पद छ । तर, म एक रुपैयाँ पनि घुस दिने पक्षमा छैन ।

मैले कुनै कर्मचारीलाई घुस दिनुपर्छ भने त्यसको पैसाले दुई बोरा सिमेन्ट बढी किनेर भवनमै लगाउँछु । भवन बनाउने ठाउँमा देखिएको केही समस्यासमेत अहिले समाधान भएको छ ।

अब बाँकी काम भनेको भेरिएसन स्वीकृत भएको पत्र र साइड सूचारु गर्न एउटा पत्र दिनुपर्ने हो । तर, विभागबाट भेरिएसन स्वीकृत भएको जानकारी पनि दिएको छैन र काम सुरु गर्न पत्र पनि दिएको छैन ।

Advertisement

कर्मचारीले ढिलो गर्दा यसबीचमा झन्डै ४० लाख रुपैयाँ लागत बढेको छ । तर, पनि म सम्झौता भएकै रकममा भवन बनाउन तयार छु । यसका लागि कर्मचारी तयार छैनन् जसले गर्दा फायल अड्काएर राखिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top