कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

१२ असोज, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो ।

कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।

अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर्थन छ ।

कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन् । तर, सिटौलाले प्रधानमन्त्री देउवालाई नाम बुझाएका छैनन् ।

प्रधान यसअघि पनि मन्त्री भइसकेकाले चौधरी नै मन्त्री बन्ने लगभग तय भएको कांग्रेस नेताहरू बताउँछन् । तर, कांग्रेसबाट मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने भएको छ ।

देउवा पक्षमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राख्ने कि नराख्ने भन्ने अझै निर्णय भइसकेको छैन । यदि श्रेष्ठको बढुवा नभए र राज्यमन्त्री राख्नुपरेमा पुष्पा भुसाललाई अवसर दिइने भएको छ ।

राज्यमन्त्री श्रेष्ठले भने आफ्नो कामको मूल्यांकन गर्दै मन्त्रीमा बढुवा हुनुपर्ने चाहना राखेका छन् । देउवा पक्षबाट यसअघि कार्की, खड्का र खाँण मन्त्री बनिसकेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि आजै मन्त्रिपरिषद् विस्तार हुने भए पनि मंगलबार परेको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएको तथा जसपा अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर गएकाले बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका एक नेताले बताए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top