×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

चन्दा उठाएर पुनःनिर्माण भइरहेको भीमसेन मन्दिर तिहारपछि सम्पन्न हुने

१३ आश्विन २०७८

१३ असोज, काठमाडौं ।

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व दशैँ–तिहार नजिकिएसँगै कामदार अभाव भएपछि समय लाग्ने भएको हो।

Advertisement
Advertisement

मन्दिरको सबैभन्दा माथि तामाको छाना छाउने काममा जनशक्ति अभाव भइरहेकाले सो पर्वपछि मात्रै मन्दिर पुनःनिर्माण सम्पन्न हुने प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का देशीय निर्देशक रोहित रञ्जितकारले बताए।

उनले भने, ’मन्दिरको बाँकी दुई तलामा झिङ्गटीको छानो छाउने भएकाले सामान भने आउने क्रम जारी छ।’ मन्दिर सरसफाइ आदिमा समेत केही समय खर्च हुने भएकाले केही समय लाग्ने भएको रञ्जितकारको भनाइ छ।

२०७२ वैशाख १२ को गोरखा भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर भित्ता चिराचिरा परेका थिए।

निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरूपमा सकिएर माथिल्लो तलामा छाना हाल्ने काम भइरहेको ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए।

उनले भने, “कोरोना महामारी बढेर मुलुकमा बन्दाबन्दी नभए यही असोजभित्र मन्दिर निर्माण सम्पन्न गर्ने योजना बनाएका थियौँ, तर केही ढिलाइ हुने भयो।”

मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम सकिएको संघका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए। उनले भने, “मन्दिरमा पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसैलाई फेरि हाल्नेछौं।” प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात माथिदेखि स्काफोल्डिङ झिक्दै आउने श्रेष्ठले जानकारी दिए।

‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले बताए।

व्यापारीको आराध्य देवता मानिने सो मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको भीमसेन मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण ललितपुरवासी स्वयं अग्रसर भएका थिए।

सङ्घले सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरेको थियो। मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको थियो।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने र मर्मतपछि पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची तथा इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने प्रतिबद्धताअनुरुप सहयोग गरेका सङ्घले जानकारी गराएको छ।

चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको थियो।

भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५औँ कला नगरी घोषणा गरिसकेको छ। मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा केभिपिटी लिनाका साथै नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थासमेत लागिपरेका छन्।

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो। पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ।

Advertisement

पाटनका प्रसिद्ध धरोहरका रूपमा सोलगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन्। (रासस)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top