×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

१३ आश्विन २०७८

१३ असोज, काठमाडौं ।

विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म–यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।

Advertisement
Advertisement

माधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८÷७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ ग–यो ।

चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् ।

मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ ।

ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । चार गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, “एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु गम्भीर हो, दोषीलाई कडा कारबाही हुने कानुन बन्नुपर्छ ।”

उनले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । “ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ”, प्रमुख संरक्षण अधिकृत बरालले भने ।

निकुञ्जले मङ्गलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।

Advertisement

चारवटा गैँडा मार्न संलग्न भएका १७ मध्ये आठ जना पक्राउ परेका र निकुञ्जले नौ जना अझै फरार रहेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८÷७९ वर्षमा गैँडा मुद्दामा १४ पक्राउ परिसकेका छन् । अघिल्लो आव २०७७÷७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना पक्राउ परेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top