आमनागरिकलाई राहत दिन निर्देशन

१३ असोज, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले दशैँ, तिहार र छठलगायत विभिन्न चाडपर्वलाई लक्षित गरिएको विशेष सुरक्षा योजना आमनागरिकलाई राहतको अनुभूति हुने गरी कार्यान्वयन गर्न निर्देशन दिए ।

चाडपर्व लक्षित उपत्यकाको शान्ति सुरक्षा व्यवस्था र बजार अनुगमनका सम्बन्धमा सरोकारवाला निकायका प्रमुखसँग गृह मन्त्रालयमा मङ्गलबार भएको छलफलमा उनले सुरक्षा योजना लागू गरेसँगै यसको कार्यान्वयन पक्षमा जोड दिए ।

Advertisement

“अहिलेको सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि शान्ति सुरक्षा तथा बजार व्यवस्थापन सहज हुनुपर्छ । उपभोक्ताले महँगो मूल्यमा र म्याद गुज्रेको वस्तु किन्नुपर्ने अवस्था आउन दिनुहुँदैन”, उनले भने, “नागरिकलाई अनुभूति हुने किसिमले सुरक्षा व्यवस्थापन गर्नुहोस् । ”

मन्त्री खाणले चाडपर्व लक्षित सुरक्षा योजना राम्रो र आकर्षक भए पनि त्यसको सफल कार्यान्वयनसँगै परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै जसरी हुन्छ उपलब्ध स्रोत र साधन उपयोग गरी विगतका वर्षभन्दा यो वर्ष उत्कृष्ट हुनुपर्छ भने ।

Advertisement

उनले प्रहरी र निजामती कर्मचारीले अभियानका रूपमा चलाएको मुस्कानसहितको सेवा व्यवहारमा देखा नपरेको गुनासो पनि गरे । उनले राज्यले प्रदान गर्ने सेवा नागरिकको हितका लागि भएको र नागरिक राज्यका लागि भएको कुरा सबैले मनन गर्नुपर्छ भने ।

गृहमन्त्री खाणले भारी वर्षाका कारण अवरुद्ध सडक बाटो, पहिरो, खाल्डाखुल्डी मर्मत सम्भारका कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबस्न आग्रह गर्दै पहिरो हटाउनेदेखि सडकको खाल्डा पुर्ने कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top