लायन्स क्लवद्धारा आयाेजित नेतृत्व विकास तालिम सम्पन्न

४ साउन ७५, शनिबार

विराटनगर,साउन ५
लायन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कौमी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि स्नात्तकसम्मका विद्यार्थीहरुलाई लक्षित गरि गरिएको एक दिवसीय नेतृत्व विकास तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तालिम कार्यक्रमका प्रमुख अतिथि तथा संसदिय दलको नेता जयराम यादबले तालिमले ब्यक्ति बाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । यस्तै लायन्स क्लब अफ ग्लोबलका प्रेसिडेन्ट लायन्स सतार अन्सारिले लक्षित विद्यार्थीहरुको नेतृत्व विकास निमित्त कार्यक्रमको आयाेजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताए ।

पत्रकार तथा तालिम प्रशिक्षक सोनुकुमार दासले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताए । दासले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्यम बाट बाहिर ल्याउने काम गरेको बताए । प्रशिक्षक अफसर अलि खान र शिता यादबले आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top