प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जना संक्रमणमुक्त

१३ असोज, विराटनगर।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६–६, लेटाङ र उर्लाबारीमा २–२, बुढीगंगा र कटहरीमा १–१, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा ४, इनरुवा र रामधुनीमा २–२, गढीमा १, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४७ महिला र ६९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top