मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच सचिवविरूद्ध मुद्दा

१३ असाेज, काठमाडौँ ।

अख्तियार दुरूपयोग अनुसन्धान अयाोगले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच जना कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

रामपुर ठोक्सिला गाविसका कर्मचारीहरूले ८–१० वर्ष पहिल्यै मृत्यु भइसकेका व्यक्तिको नामबाट सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा चलाइएको प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

अख्तियारले विशेष अदालतमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध बुधबार मुद्दा दर्ता गरेकाे हाे । अख्तियारले उक्त गाउँ विकास समितिका कर्मचारीहरूले आर्थिक वर्ष २०६३/०६४ देखि २०७१/७२ सम्म सामाजिक सुरक्षा भत्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूपयोग गरेको जनाएकाे छ ।

उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको मृत्यु भएपश्चात घटना दर्ता गरेर लगत कट्टा गर्नुपर्नेमा त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर आफैंले दुरूपयोग गरेका थिए । ‘उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ.व. ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरूको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६,४०,५०० हिनामिना गरेको देखिन आएको’ अख्तियारले विज्ञप्ति निकालेर जनाएको छ ।

उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्य (हाल मालपोत कार्यालय उदयरपुरका नायब सुब्बा)विरुद्ध ९ लाख ९० हजार पाँच सय दुरूपयोग गरेको अख्तियारले अभियोग लगाएको छ ।

त्यस्तै, तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की (हाल रौतामाई गाउँपालिका–७ का वडा सचिव) विरद्ध ७८ हजार, तत्कालीन गाविस सचिव विशाल सुन्दास (हाल तथ्यांक कार्यालय उदपुरका खरिदार) विरुद्ध ८२ हजार , तत्कालीन गाविस सचिव माधवप्रसाद खतिवडा (हाल रौतामाई गाउँपालिकाका अधिकृत छैटौं) विरुद्ध तीन लाख १४ हजार र हाल अवकाश पाइसकेका तत्कालीन गाविस सचिव पुष्पराज सिग्देलविरुद्ध एक लाख ७६ हजार रूपैयाँ दुरूपयोग गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हाे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top