×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमाथि भैरहवाको सहज जित

१३ आश्विन २०७८

१३ असाेज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ ।

Advertisement
Advertisement

टियु मैदानमा विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे। जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे ।

भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २३ बलमा ३ चौकासहित २२ रनको योगदान दिए । उनी पाँचौ ओभरमा करण केसीको बलमा सिकन्दर राजाबाट समातिए । पहिलो विकेटका लागि २७ रनको साझेदारी अन्त्य भएपछि आठौं ओभरमा अर्का ओपनर तमिम इकबाल रामनरेश गिरीको बलमा आउट भए । उनले १३ बलमा १ चौका र १ छक्काको मदतले १२ रन जोडे ।

११ औं ओभरको अन्तिम बलमा रोहित पौडेल रामनरेशकै शिकार बने । ठूलो सट खेल्ने धुनमा उनी चन्द्रपाल हेमराजको हातबाट थर्डमा समातिए । उनले १० बलमा २ चौकको मदतले १२ रन जोडे । लगत्तै अर्को ओभरमा आरिफ शेख वसन्त रेग्मीको बलमा खाता नखोली आउट हुँदा भैरहवा ७०-४ को स्थितिमा पुगेको थियो ।

त्यसपछि शरद र उपुलले टोलीलाई जितसम्म पुर्याएका थिए । विराटनगरका लागि रामनरेशले २ विकेट लिँदा वसन्त र करणले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर उपुल थरंगाबाट शून्यमा क्याच आउट गराए ।

बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले छैटौं ओभरको तेस्रो बलमा ओपनर आसिफ शेखलाई ११ रनमा बोल्ड आउट गरे । आसिफ अघि बढेर सट खेल्नेक्रममा मिस हुँदा बोल्ड हुन पुगेका थिए । आरिफको आठौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अनिलकुमार शाह वैकल्पिक फिल्डर भुवन कार्कीबाट ११ रनमा समातिन पुगे ।

आरिफ शेखको दशौं ओभरको अन्तिम बलमा दीलशान २५ रनमा अभिनाष बोहराबाट क्याच आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । कृष्ण कार्कीले कप्तान करण केसीलाई शून्यमा क्याच आउट गराए ।

आरिफको १२ औं ओभरको चौथो बलमा सिकन्दर राजा लङअनमा अभिनाषबाट ५ रनमा क्याच आउट भएपछि विराटनगर ६६–६ को अवस्थामा पुगेको थियो । अभिनाषको बलमा सौरभ खनाल ३ रनमा क्याच आउट भएका थिए । प्रतिश जि.सी शून्य, सुमित महर्जन १३ र वसन्त रेग्मी १० रन बनाए ।

भैरहवामा मध्यगतिका बलर आरिफ शेखले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । धाम्मिका प्रसादले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर विकेट लिए । अभिनाष बोहराले ३.४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।

Advertisement

लगातार दोस्रो हार बेहोरेको विराटनगर भने अंकविहिन छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top