राष्ट्रपति समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश

१३ असाेज, काठमाडौं।

मुस्लिम आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा प्रतिवेदन बुझाएका हुन्। संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन नियमितरुपमा राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रमाम आयोगका अध्यक्ष अन्सारीले मानव विकास सूचकांकमा सबैभन्दा कमजोर अवस्थामा रहेको मुस्लिम समूदाय तथा व्यक्तिहरुको उत्थान एवम् विकासका लागि आयोगले सीप विकास तालिम र रोजगारमुलक लक्षित कार्यक्रम, शिक्षा तथा सार्वजनिक क्षेत्रको रोजगारीमा आरक्षण, मातृभाषको संरक्षण र सम्बर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । आयोगले मुस्लिम समूदायको शव राख्ने कव्रिस्तान, मस्जिदहरुको जग्गा अतिक्रमण हुनबाट रोक्का लागि काम गरेको अन्सारीले बताए ।

आयोगले उपत्यकासहित मुस्लिम बाहुल्य १० जिल्लामा मदरसा शिक्षा, स्वास्थ्य तथा हिंसा सम्बन्धी विषय सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी गराए । जनगणना २०७८ का अवसरमा चेतना अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरेको, कोभिड १९ बाट मृत्यु हुने मुस्लिम समूदायका व्यक्तिहरुको शव व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकामा वैकल्पिक कव्रिस्तान निर्माण गर्न सुझाव दिएको जानकारी दिए ।

आयोगले कर्मचारी अभाव, स्रोत साधनलगायतका कारण निर्दिष्ट कार्यहरु गर्न नसकेको सो अवसरमा जानकारी गराएको छ । यसैबीच मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले पनि बुधबार नै राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top