×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कीर्तिमानी खेलमा रोनाल्डोले गरे निर्णायक गोल

१४ आश्विन २०७८

१४ असाेज, एजेन्सी ।

आफ्नो कीर्तिमानी खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको हाे ।

Advertisement
Advertisement

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका  खेलभरमा खासै प्रभाव जमाउन नसकेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

इन्डिसनका काभानीले प्राप्त बललाई फ्रेन्डलाई दिए । फ्रेडले क्रस गरेको बलमा रोनाल्डोले हेड गर्दै जेसी लिङ्गार्डलाई दिए । लिङ्गार्डले त्यो बल फेरि रोनाल्डोलाई दिए । त्यहि बलमा रोनाल्डोले गोल गर्न सफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलकिपरले रोक्ने प्रयास गरेपनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसअघि ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले कुनै गल्ती नगरी गोल गरे । तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलमा कप्तानी गरिरहेको ब्रुनो फर्नान्डेजको चलाखीपूर्ण फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

Advertisement

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top