२८ प्रतिशतले लगाए पूर्ण मात्रा खोप

१३ असोज ७८, बिहीबार

काठमाडौं: देशभर हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए ।

पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ । त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो ।

प्रवक्ता पौडेलले गत महिनाको तुलनामा सक्रिय सङ्क्रमितको संख्या घटेको जानकारी दिए । गत महिना ३६ हजार ८६१ जना अर्थात् ४.८६ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १८ हजार ४२२ अर्थात् २.३२ प्रतिशतमा झरेको छ ।,याे समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top