तीन महिनामै दुइ हजार महाँगो दरमा १० हजार साइकल खरिद, सस्तो प्रस्ताव छाडेर बढी कबोल गर्नेलाई ठेक्का

१३ असोज ७८, बिहीबार

काठमाडौं : प्रदेश २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि चार चरणमा गरेर अहिलेसम्म ४१ हजार दुई सय ६२ थान साइकल खरिद गरेको छ । तर, केही महिनाको अन्तरमा भएका खरिदमा साइकलको मूल्यमा धेरै अन्तर छ ।

०७७ चैतमा मुख्यमन्त्री कार्यालयको सार्वजनिक खरिद ऐन विपरित उत्पादक कम्पनीको नाम मोडल र ब्रान्ड नै उल्लेख नभएका १७ हजार दुई सय ६२ थान साइकल ६ हजार चार सय ३२ रुपैयाँका दरले खरिद गरेको थियो । त्यसको तीन महिनामै थप १० हजार साइकल खरिद गर्दा प्रतिसाइकल दुई हजार १४ रुपैयाँ बढी तिरिएको छ ।

०७८ असारमा साइनो इन्टरनेसनलमार्फत हाई एण्ड कम्पनीका साइकल प्रतिगोटा आठ हजार चार सय ४६ का दरले खरिद गरिएको हो । चैतमा १७ हजार दुई सय ६२ साइकलका लागि ११ करोड १० लाख २९ हजार एक सय ८४ रुपैयाँमा खर्च गरेको प्रदेश सरकारले असारमा १० हजार थानकै लागि आठ करोड ४४ लाख ६० हजार तिरेको छ ।

अझ गम्भीर पाटो त यो छ कि कम कबोल गर्ने ठेकेदार कम्पनीलाई अस्वीकार गरेर बढी रकम प्रस्ताव गर्नेलाई ठेक्का दिइएको छ । तीन कम्पनी म्याप हेलेक्सी, ओम सत्यसाई प्रालि र साइनो इन्टरनेसनलले ठेक्कामा प्रतिस्पर्धा गरेका थिए ।

हेलेक्सीले सबैभभन्दा कम प्रतिसाइकल भ्याटबाहेक ६ हजार ९ सय ७० रुपैयाँमा प्रस्ताव गरेको थियो । यसमा १३ प्रतिशत भ्याट जोड्दा पनिप्रतिसाइकलको मूल्य सात हजार आठ सय ७६ मात्रै पर्दथ्यो । तर, मुख्यमन्त्री कार्यालयले भ्याटसहित आठ हजार चार सय ४६ रुपैयाँ कबोल गर्ने साइनो इन्टरनेसनललाई खरिद जिम्म दियो ।

स्रोतकाअनुसार साइनोको ठेक्का दिलाउनकै लागि स्पेसिफिकेसनमा एकैपटक आठ हजारसम्म साइकल आपूर्ति गरेको अनुभवी कम्पनी हुनुपर्ने प्रावधान थप गरिएको थियो । किनभने यही कार्यक्रमअन्तर्गत ०७६ भदौमा १० हजार साइकल आपूर्ति गरेको अनुभव साइनोसँग थियो । त्यतिखेर प्रिन्स कम्पनीको प्रतिसाइकल ६ हजार सात सयका दरले आपूर्ति थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुषलले अघिल्लोपटकको भन्दा साइकल गुणस्तरीय रहेको र फलामको मूल्य बढेकाले बढी मूल्य परेको दाबी गरे ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top